Skip to content
LAXMI SUNRISE BANK

विकास बैंक र फाइनान्सले मंसिरमा निक्षेपको ब्याज घटाउने

अर्थ सरोकार

काठमाडौं । मंसिरमा विकास बैंक तथा वित्त कम्पनीहरुले निक्षेपको ब्याज घटाउने भएका छन् । मंगलबार बसेको डेभलपमेन्ट बैंकर्स संघको बैठकले हाल काय रहेको निक्षेपको ब्याजदर मंसिरबाट ०.१५ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

‘बर्तमान अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो’, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेलले भने, ‘मंसिरमा निक्षेपको सबै प्रोडक्टमा ०.१५ प्रतिशतले ब्याजदर घट्छ ।’

असोजदेखि राष्ट्रिय स्तरका विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशत र बचतमा न्यूनतम ८ प्रतिशत ब्याज दिंदै आएका थिए । तर, अब १ मंसिरदेखि लागु हुने निक्षेपको ब्याजदर प्रकाशित गर्दा व्यक्तिगत मुद्दतीमा अधिकम १२.८५ प्रतिशत र बचतमा न्यूनतम ७.८५ र अधिकतम ९.८५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

वित्त कम्पनीहरुले पनि हाल ३ महिनाको मुद्दती निक्षेपमा १३.२० प्रतिशत ब्याजदर दिंदै आएकोमा १ मंसिरदेखि १३ प्रतिशतमा झार्ने निर्णय गरेको नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । ‘१ वर्षको मुद्दती निक्षेपमा १३.४५ प्रतिशत रहेको ब्याजदर १ मंसिरदेखि १३.३० प्रतिशतमा झर्छ’, उनले भने, ‘बचतमा पनि अब न्युनतम ८.३० प्रतिशत ब्याजदर कायम हुनेछ ।’

यता वाणिज्य बैंकहरुले भने मंसिरमा निक्षेपका ब्याज स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत र बचतमा न्यूनतम ७.१३ प्रतिशत ब्याज दिंदै आएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK