Skip to content
LAXMI SUNRISE BANK

बैंकको साधारणसभा स्थगन गर्न निर्वाचन आयोगको निर्देशन

अर्थ सरोकार

काठमाडौं । निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको साधार सभा रोक्न निर्देशन दिएको छ । निर्वाचनको समयमा बैंकले साधारण सभा आह्वान गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले साधारण सभा रोक्न निर्देशन दिएको हो ।

नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकले मंसिर २ गतेका लागि साधारण सभा आह्वान गरेको थियो । सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका व्यक्ति नै बैंकको सञ्चालक भएकोले साधारण सभा रोक्न निर्देशन दिएको आयोगले जनाएको छ ।

‘निर्वाचनको मौन अवधिमा राजनीतिक प्रभाव पर्ने गरी कुनैपनि सभा, कार्यक्रम वा गतिविधि गर्न पाइदैन’, आयोगका एक उच्च अधिकारीले भने, ‘तर, सञ्चालक नै उम्मेदवार रहेको एनसीसी बैंकले आह्वान गरेको साधारण सभा निर्वाचन आचारसंहित विपरित हुने भएकाले सभा स्थगित गर्न निर्देशन दिइएको हो ।’

यसअघि मौन अवधि सुरु भइसकेपछि ठूलो संख्यामा मानिसहरु भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेरको समेत व्यवस्था गरी साधारण सभा गर्दा निर्वाचन आचारसंहिता उल्लंघन हुनुका साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पुग्ने भन्दै सभा रोक्न आयोगमा उजुरी परेको थियो ।

निर्वाचन ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा ‘कसैले पनि मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन’ भन्ने व्यवस्था गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK