×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थामा एकैदिन थपियो १६ अर्ब निक्षेप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंक तथा वित्तीय संस्थामा एकैदिन थपियो १६ अर्ब निक्षेप

Artha Sarokar

२ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक तथा वित्तिय संस्थामा एकैदिन १६ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार कात्तिक ३० गतेसम्म ५१ खर्ब ८४ अर्ब निक्षेप रहेको छ । कात्तिक २९ गतेसम्म ५१ खर्ब ६८ अर्ब रुपैयाँ मात्रै थियो ।

सो अवधिमा वाणिज्य बैंकमा मात्रै १३ अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकले जनाएको छ । कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एकदिनमा १ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह भएको छ ।

साथै, बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप बढेसँगै एकैदिनमा सीडी रेसियो पनि घटेको छ । कात्तिक २९ गते ८७.०९ प्रतिशतमा रहेको सीडी रेसियो कात्तिक ३० मा ८६.८५ प्रतिशतमा आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी