Skip to content
LAXMI SUNRISE BANK

बैंकहरुले आतंक मच्चाए, राती-राती टर्चर दिए, ब्याज तिर्न सक्दैनौँ, आन्दोलन पनि छोड्दैनौँ (भिडियो रिर्पोट)

अर्थ सरोकार

काठमाडौं । बढ्दो बैंक ब्याजदरको विरोधमा उद्योगी व्यवसायीहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन् । शुक्रबार खाद्य व्यापार संघ, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र ऊनी फेल्ट उत्पादक तथा निर्यात संघ लगायतले संयुक्त रुपमा शान्तीपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।

धर्नामा ‘मनपरी प्रिमियम बन्द गर, बैंकिङ आतंक बन्द गर, ब्याजदर चर्को भयो गरिखान गाह्रो भो’ लगायतका पर्चा देखाएर प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले व्यापारीको समस्याप्रति नजरअन्दाज गरेको आरोप लगाएका छन् ।

तरलताको बाहनामा बैंकहरुले ब्याज बढाएर व्यापारी मार्नेगरी आतंक मच्याएको व्यवसायीहरुको भनाई रहेको छ । यतिसम्मकी यही अवस्था रहने हो भने बैंकको ब्याज तिर्न नसक्ने समेत व्यापारीहरुले बताएका छन् ।

बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी-नेगोसिएसन शुल्कको दोब्बर वृद्धिलाई अन्त्य गर्न, हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पुनः तालिकीकरण गरी ब्याज बुझाउने म्याद ३५ दिनसम्मलाई नियमित मानेर लिलाम गर्ने प्रक्रिया लाई स्थगित गर्नुपर्ने उनीहरुले माग राखेका छन् । उनीहरुले चालु पूँजी कर्जा निर्देशिका स्थगित गर्न पनि माग गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK