×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंसिरमा बैंकहरुले निक्षेपको ब्याज नबढाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मंसिरमा बैंकहरुले निक्षेपको ब्याज नबढाउने

Artha Sarokar

२९ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । मंगलबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

हाल देशको अर्थतन्त्रको सूचकहरु स्थिर रहेकोले ब्याजदर बढाउन वा घटाउन आवश्यक नरहेकोले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय भएको बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले बताएका छन् । ‘मुख्य आर्थिक सूचक र मुद्रास्फिति यथावत् ठाउँमा छ’, उनले भने, ‘त्यसैले मंसिरमा ब्याजदर स्थिर राख्ने निर्णय भएको छ ।’ यद्यपी मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले लिने लक्ष्य अनुसार पुषमा भने ब्याजदर बढ्न वा घट्न सक्ने केसीले बताएका छन् ।

तरलता व्यवस्थापनका लागि भन्दै वाणिज्य बैंकहरुले ६ महिनापछि गत असोजमा १० प्रतिशतका दरले निक्षेपको ब्याजदर वृद्धि गरेका थिए । भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्युनतम ६.०३ देखि अधिकतम ९.०३ प्रतिशत ८.०३ प्रतिशत ब्याजदर रहेको थियो ।

असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशतसमम पुगेको छ । कार्तिकमा असोजकै ब्याजदर प्रकाशित गरेका बैंकहरुले मंसिरमा पनि सोही क्रमलाई निरन्तरता दिने भएका हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी