भक्तपुर । दुई निर्वाचन क्षेत्र रहेको भक्तपुर जिल्लाको क्षेत्र नं २ मा मंगलबार बिहान ११ः३० बजेसम्म भएको मतगणनामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापाले नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतलाई एक हजार ५० मतान्तरले पछाडि पार्दै अग्रता लिएका छन् ।
मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा बिहान ११ बजेसम्मको मतपरिणाम अनुसार ३५ हजार तीन सय ९३ मतगणना गर्दा कांग्रेसका उम्मेदवार थापाले १४ हजार ८५ मत प्राप्त गरेका छन् भने एमालेका बस्नेतले १३ हजार ३५ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिएका छन् ।
नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगरले दुई हजार नौ सय ६३, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले एक हजार नौ सय १८, राष्ट्रियता प्रजातन्त्र पार्टीका मोहन केसीले एक हजार ७५ मत प्राप्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्