×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा ब्याजदर वृद्धिको विरोधमा उत्रिएका व्यवसायीले भने -‘यो ट्रेलर हो, फिल्म भयंकर हुनसक्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

धनगढीमा ब्याजदर वृद्धिको विरोधमा उत्रिएका व्यवसायीले भने -‘यो ट्रेलर हो, फिल्म भयंकर हुनसक्छ’

Artha Sarokar

२३ कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चर्को बैंक ब्याजदरको विरोधमा धनगढीका व्यवसायीहरु आन्दोलित बनेका छन् । बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर वृद्धि गर्दै व्यापारी मार्ने नीति अवलम्बन गरेको आरोप लगाउँदै व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।

यसो त देशभर बढ्दो ब्याजदरको विरोध गर्दै व्यवसायीहरु दिनहुँजसो सडकमा उत्रिन थालेका छन् । यसैबीच तरलताको बाहनामा बैंकहरुले बढाएको चर्को ब्याजदरको विरोध गर्दै पहिलो चरणमा शान्तीपूर्ण विरोध प्रदर्शन गरेको कैलाली उद्योगा वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताएका छन् । ‘राज्य व्यापारीका समस्याप्रति कहिल्यै जिम्मेवार भएन । कोरोनाकालमा पनि व्यवसायी सडकमै उत्रिनु पर्यो र अहिले पनि सडकमा उत्रिनुको विकल्प छैन’, उनले भने, ‘अवस्था यस्तै रहने हो भने अव व्यवसायबाटै हात उठाउनुपर्ने अवस्था सृजना हुन्छ ।’

अध्यक्ष कुँवरले यो शान्तीपूर्ण प्रदर्शन केवल ट्रेलर भएको बताएका छन् । ‘यो त ट्रेलर हो, सरकारले बेलैमा समस्याको समाधान नखोजे भयंकर फिल्म रिलिज हुन्छ’, उनले भने, ‘निरन्तर सरकार पक्षलाई घचघच्याउने प्रयास गरिरहेका छौँ । आगामी दिनमा संघर्षका कार्यक्रम घोषणा गर्छौं । त्यतिबेला आन्दोलनको रुप बृहत हुन्छ ।’ त्यस्तै ब्याज र किस्ताका नाममा बैंकले याताना दिए खबर गर्न समेत अध्यक्ष कुँवरले आग्रह गरेका छन् ।

यता प्रदर्शनमा सहभागी गिता जोशी अवस्थीले पनि बैंकहरुले बढाएको ब्याजदरको चर्को विरोध गरिन् । ‘कारोनाले थलिएर भर्खर उकासिन थालेको व्यापारमा ब्याजदर नामको माहामारी आयो’, उनले भनिन्, ‘व्यापार नै नभएका बेलामा बैंकले बढाएको ब्याजदरमै किस्तार ब्याज कसरी तिर्ने ?’ ऋण लिने बेलामा ८ प्रतिशतमा लिएको भएपनि अहिले बढेर १८ प्रतिशत पुग्दा साह्रै मर्कामा परेका उनले गरिन् । ‘व्यापार छैन, बजारमा ग्राहकको संख्या घटेको छ, यही बेलामा बैंकले ब्याजदर बढाएको छ’, उनले भनिन्, ‘अब त गुजारा गर्नै मुस्किल परिसक्यो, कर्मचारी निकाल्नुपर्ने अवस्था छ । अनि कसरी चलाउने व्यवहार ?’

धनगढीको ट्राफिक चौराहबाट सुरु भएको मौन प्रदर्शन नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयमा पुगेर सम्पन्न भएको थियो । प्रदर्शनमा जिल्लाभरीका उद्योगी व्यवसायी, जनप्रतिनिधि तथा आम उपभोक्ताको समेत उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा मार्गनिर्देशिका २०७९ मा गरिएको व्यवस्था र कर्जाको ब्याजदरमा भएको अस्वभाविक वृद्धिले उद्योग व्यवसायी नै धरासायी हुने भन्दै व्यवसायी विरोधमा उत्रिनु परेको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।

प्रदर्शनबाट व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रभाह गर्दा उद्योगी व्यवसायीप्रति मर्यादित व्यवहार गर्नुपर्ने, कर्जाको ब्याजदरमा एकल अंक कायम गर्नुपर्ने, विगतको चालुपूँजी कर्जा निर्देशिका यथावत राखेर क्रमिक रुपमा लागू गर्नुपर्ने, मौद्रिक नीतिमा भएका छुटलाई कार्यन्वयन गर्नुपर्ने लगाएतका माग राखेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी