Skip to content
LAXMI SUNRISE BANK

‘नेतृत्वमा बैंकर भएर महासंघले बैंकलाई प्राथामिकता दियो भन्ने हल्लामा यथार्थता छैन’ – वरिष्ठ उपाध्यक्ष ढकाल

अर्थ सरोकार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकर र उद्योग वाणिज्य महासंघले बैंकलाई प्राथामिकता दियो भन्ने कुरा झुठो भएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ढकालले बाहिर चलेको हल्ला र यथार्थबीच धेरै फरक रहेको बताएका हुन् ।

महासंघको नेतृत्वमा बैंकर भएपनि महासंघले बैंकलाई प्रथामिकता नदिएको ढकालले बताए । ‘महासंघको नेतृत्वमा बैंकर आएर बैंकलाई प्राथमिकता दिएको भन्ने विषयमा सत्यताजस्तो देखिए पनि बाहिर हल्ला आएको जस्तो छैन’, उनले भने, ‘बैंकर नेतृत्वमा भयो भन्दैमा महासंघले बैंकलाई प्राथामिकतामा राखेको भन्ने कुरा गलत हो ।’

त्यस्तै, वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको संचालक भएपनि बैंकबाट आउने फाइदाभन्दा उद्योग व्यवसायबाट बढी फाइदा हुने बताएका छन् । ‘बैंकको संचालक, अध्यक्ष वा प्रामोटर भएर पाइने बेनिफिटभन्दा उद्योग व्यवसायबाट बढी फाइदा हुन्छ’, ढकालले भने, ‘त्यसैले पनि बैंकको ब्याज, प्रिमियम बढाएर फाइदा लिनुपर्छ भन्नेतर्फ महासंघ र महासंघका पदाधिकारीले लविङ गरेका छैनन् ।’

महासंघको नेतृत्वमा बैंकर आउनुले बैंकलाई फाइदा हुन्छ भन्ने हल्ला आफु ३ वर्ष पहिले महासंघको चुनाव लड्दैगर्दा उचालिएको नारा रहेको ढकालले बताएका छन् । उनले बैंकको सञ्चालक वा अध्यक्ष हुनुभन्दा व्यावसायी वा व्यापारी हुँदा फाइदा धेरै हुने भन्दै बैंकलाई तिर्ने ब्याज,प्रिमियम समेत बढी नै तिर्ने बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK