Skip to content
LAXMI SUNRISE BANK

चालु आवको चौथो महिना बित्दा पनि तीन बैंकले बुझाएनन् वित्तीय विवरण, ११ बैंकको विवरण स्वीकृतिको लाइनमा

अर्थ सरोकार

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को चौथो वर्ष बित्दापनि तीन वाणिज्य बैंकले राष्ट्र बैंकमा वित्तीय विवरण बुझाएका छैनन् । राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे र कृषि विकास बैंकले राष्ट्र बैंकमा वित्तीय विवरण नबुझाएको पाइएको हो ।

‘अन्य बैंकको वित्तीय विवरण आईसकेको छ । केहीको स्वीकृत समेत गरिएको छ भने केही प्रक्रियामै छन्’, राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले भने वित्तीय विवरण बुझाएका छैनन् ।’ ति अधिकारीका अनुसार पुष मसान्तसम्म वित्तीय विवरण पारित गराएर साधारण सभा गर्न मिल्ने कानुनी व्यवस्था छ । ‘सोही कारणले पनि ढिलाई भएको हुनसक्छ ।’ -उनले भने ।

राष्ट्र बैंकले यो वर्ष वित्तीय विवरण स्वीकृत गर्दा नियम विपरित अशुल गरेको ब्याज प्रिमियम र कर्जा नोक्सानी मौज्दातको विषय कडाइका साथ अध्ययन गरेका थियो । सोही कारणले पनि वाणिज्य बैंकलाई वित्तीय विवरण बुझाउन समय लागेको स्रोतले बताएको छ ।

यसअघि राष्ट्र बैंकले गत आर्थिक वर्ष २९७८/७९ मा बैंकहरुले ऋणीसँग नियम विपरित लिएको करिब साढे ३ अर्ब रुपैयाँ फिर्ता गर्न निर्देशन समेत दिएको थियो । नियमविपरित असुलेको रकम फिर्ता नगरे वित्तीय विवरण स्वीकृत नगर्ने चेतावनी दिएको थियो । ‘वित्तीय विवरण विवरण पेश गर्ने तयारीमै छौँ’, एक बैंकका सिईओले भने, ‘सामान्य केही प्रक्रिया पुग्नेबित्तिकै विवरण राष्ट्र बैंकमा पेश हुन्छ ।’

राष्ट्र बैंकले गत साउन २० गते बैंक तथा वित्तीय संस्थालाई २०७८ असारदेखि २०७९ असार मसान्तसम्म प्रवाह गरेको कर्जाको मासिक ब्याजदर सम्बन्धी विवरण १० दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको थियो । जसमध्ये नियम विपरित असुलेको रकम फिर्ता गर्ने सर्तमा ११ बैंकको वित्तीय विवरण राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ भने थप १२ बैंकको वित्तीय विवरण स्वीकृत गर्ने तयारी गरिएको बुझिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK