काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले दायीत्वबापतको रकम नदिँदा कोरोना बीमाका दाबी भुक्तानी अन्यौलमा परेको छ । निर्वाचन अघि नै पहिलो चरणमा कोरोना बीमाको दाबी भुक्तानी दिने भनिएको भए पनि पुनर्बिमा कम्पनीले रकम उपलब्ध नगराउँदा भुक्तानी रोकिएको हो ।
यसो त यसअघि प्राधिकरणले कोरोना बीमाको दाबी भुक्तानी रकमको ५५ प्रतिशत सरकारले र बाँकी ४५ प्रतिशत बीमा समिति, पुनर्बिमा कम्पनी र बीमा कम्पनीहरुले व्यहोर्ने योजना अर्थमन्त्रालयमा पठाएको थियो । सोही अनुसार सरकारले आफ्नो दायीत्वबापतको १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ । सरकारले १ अर्ब निकासा गरेपछि सोही योजना अनुसार बाँकीको ८१ करोड थपेर दाबी भुक्तानी सुरु गर्ने योजना भएपनि पुनर्बिमा कम्पनीले रकम नदिँदा भुक्तानी रोकिएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् ।
यता प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुनर्बिमा कम्पनीले कुनैपनि हालतमा रकम उपलब्ध गराउनुपर्ने बताएका छन् । ‘हिजोका दिनमा भएको सहमतिबाट पुनर्बिमा कम्पनी पछि हट्न पाउँदैन’, उनले भने, ‘कानुन सबैका लागि बराबर हो । कानुन नै मान्दिन भन्ने हो भने सरकारसँग जाँदा हुन्छ । अन्यथा नियामकको निर्देशन मान्नुपर्छ ।’
केही समयअघि कोरोना बीमा मापदण्ड, २०७७ अनुसार आफ्नो दायित्व बापतको रकम भुक्तानी भइसकेकोले थप रकम दिनु नपर्ने आसयसहितको पत्र पुनर्बिमा कम्पनीले नेपाल बीमा प्राधिकरणलाई पठाएको थियो । तर, प्राधिकरणले पुनर्बिमा कम्पनीको सञ्चालक समितिले गरेको सो निर्णय बदर गर्दै एक साताभित्र रकम भुक्तानी गर्न निर्देशन दिएको थियो ।
सरकारले उपलब्ध गराएको रकमलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत मध्ये निर्जीवन बीमा कम्पनीहरुले २५ प्रतिशत, पुनर्बीमा कम्पनीले १२ प्रतिशत र बीमा प्राधिकरणले बाँकी ८ प्रतिशत रकम व्यहोर्ने सहमति भएको प्राधिकरणले जनाएको छ । सोही अनुसार पुनर्बीमा कम्पनीले १२ प्रतिशतले हुन आउने २१ करोड ८१ लाख ८१ हजार ८१८ रुपैयाँ पठाउनुपर्ने थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्