×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बालेनलाई ठेगान लगाउँछु भन्ने महेश बस्नेतलाई उल्टै जनताले ठेगान लगाए, भयो लज्जास्पद हार !

भक्तपुर । अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ‘ठेगान लगाउछु’ भन्ने भक्तपुर २ का महेश बस्नेतले लज्जास्पद हार भोग्नुपरेको छ । प्रतिनिधिसभाको निर्वाचनमा बस्नेत नेपालि कांग्रेसका दुर्लभ थापासँग हारेका छन् ।

आफ्ना प्रतिद्वन्द्वी एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराउँदै नेपाली कांग्रेसका दुर्लभ थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेपाल मजदुर किसान पार्टि (नेमकिपा)की अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन् ।

यो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो । २ हजार ५१ मत भने बदर भयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: