×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भिआईपीहरुको मतदान…(फोटो-कथा)

काठमाडौं । आज देशभर मतदानको उत्साह छ । आगामी पाँच वर्षका लागि आफ्ना नेता चुन्नका लागि नागरिकहरु देशभरका विभिन्न मतदान स्थलहरुमा पुगिसकेका छन् । मतदानका लागि मतदानस्थलमा पुगेका नागरिकमा मात्र उत्साह देखिएको छैन, बरु विभिन्न राजनीतिक दलका नेता तथा भिआइपीहरु पनि त्यत्तिकै उत्साहित छन् ।

मतदान केन्द्रमा नागरिकसँगै आगामी पाँच वर्ष सदनमा पुग्ने लक्ष्यसहित अघि बढेका उम्मेदवारहरु पनि पुगेका छन् । मतदान स्थलमा पुगेका उम्मेदवार, नेता तथा नागरिकहरुले आफु र आफ्ना मन परेकालाई मतदान गरिरहेका छन् ।

मतदानको दिन देशभर सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक यातायात तथा अत्यावश्यक सेवा बाहेक सबै सेवामा प्रतिबन्ध लगाइएकोले पनि अहिले देश चुनावमय बनेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: