×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लौरो टेक्दै बा-आमा मतदान स्थलमा…(फोटो-कथा)

काठमाडौं । आइतबार देश चुनावीमय बनेको छ । देशभरका विभिन्न निर्वाचन क्षेत्रमा नागरिकहरु आगामी पाँच वर्षका लागि नेतृत्व चुन्न मतदानस्थलमा पुगेका छन् । मतदान स्थलमा पुग्नेहरुमा निर्वाचनको छुट्टै उत्साह देख्न सकिन्छ ।

अझ युवा र बयस्कभन्दा पनि भोट हाल्न मतदानस्थलमा पुगेका वृद्धवृद्धाहरुमा निर्वाचनको उत्साह झनै फरक देखिन्छ । हातमा मतदान परिचयपत्र र नागरिकता बोकेर लौरो टेक्दै उनीहरु मतदानस्थलमा पुग्ने गरेका छन् ।

मतदान गर्नका लागि मतदानस्थलसम्म पुगेका अधिकांश वृद्धवृद्धाले आगामी पाँच वर्षको नेतृत्व देशको हितमा हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन् । ‘हाम्रो भोट देशको विकासका लागि हो’, मतदान स्थलमा पुगेका एक वृद्धले भने, ‘मन खाएका मान्छेलाई भोट हालेको छु, खुसी बनाउने काम गर्लान् भन्ने आश छ ।’ बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: