×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नौ निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नौ निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी

Artha Sarokar

६ मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइतबार मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ ।

ती क्षेत्रमध्ये अधिकांशमा मतपेटिका सङ्कलन भइसकेको र मतगणना सुरू हुने क्रममा रहेको तथा केही क्षेत्रमा राजनीतिक सहमतिपछि मतगणना प्रारम्भ हुने निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिएका छन् ।

आयोगका अनुसार मतगणना हुन बाँकी रहेकामा बागमती प्रदेशको दोलखा क्षेत्र नं. १, गण्डकी प्रदेशको स्याङ्जा क्षेत्र नं २, लुम्बिनी प्रदेशको गुल्मी क्षेत्र नं १ रहेका छन् । गुल्मीको एक मतदानस्थल (अर्वेनी) मा आजै पुनःमतदान भएको छ ।

कर्णाली प्रदेशको मुगुमा मतपेटिका सङ्कलन भइसकेको छ भने डोल्पामा ११ र हुम्लामा ३४ मतदान केन्द्रको मतपेटिका सङ्कलन हुन बाँकी रहेको छ । सुर्खेतको सिम्ता मतदानस्थलमा आज पुनः मतदान भएको छ । सुदूरपश्चिम प्रदेशको बाजुराको बुढीनन्दा नगरपालिकामा पुनः मतदान हुन बाँकी रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी