काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मैतिदेवी स्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।
थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् । कांग्रेसका उम्मेदवार थापाले मतदानपछि संक्षिप्त कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताएका छन् ।
त्यही भनेर आफू मतदातामाझ गएको भन्दै उनले भने, ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको छु ।’
मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ ? परिर्वतन भयो भने के अर्थ राख्छ ? भनेर काठमाडौं-४ का मतदातालाई हेक्का रहेको उनले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्