काठमाडौं । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका गगन थापा प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।
कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई हराएका हुन् । थापाले २१३०२ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३८५५ मत ल्याएका छन् ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।
भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरेका छन् । तर औपचारिक घोषणा हुन भने बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्