×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हर्क साम्पाङले दिए उम्मेदवार सबैलाई जितको शुभकामना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हर्क साम्पाङले दिए उम्मेदवार सबैलाई जितको शुभकामना

Artha Sarokar

४ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उम्मेदवार सबैलाई जितको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले प्रतिनिधि तथा प्रदेश सभा सदस्यका सम्पूर्ण उम्मेदवारलाई जितको शुभकामना दिएका हुन् । साम्पाङ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित धरान उपमहानगरपालिकाका नगरप्रमुख हुन् ।

आइतबार देशभर उत्साहका साथ मतदान भईरहेको छ । मतदान साँझा पाँच बजेसम्म जारी रहनेछ । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । यस्तै, प्रदेश सभाका लागि ३२२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये २१३० जना दलका र १०९४ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी