×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालय एयरलाइन्सले भैरहवाबाट मलेसियाका लागि दैनिक दुईवटा चार्टर्ड उडान गर्ने, प्राधिकरणसँग माग्यो अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हिमालय एयरलाइन्सले भैरहवाबाट मलेसियाका लागि दैनिक दुईवटा चार्टर्ड उडान गर्ने, प्राधिकरणसँग माग्यो अनुमति

Artha Sarokar

१६ कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालय एयरलाइन्सले कार्तिक १७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुईवटा यात्रुवाहक चार्टर्ड उडान सुरू गर्ने भएको छ । एयरलाइन्सले कार्तिक १७ गतेदेखि २४ गतेसम्मका लागि भैरहवा–क्वालालमपुर चार्टर्ड उडान गर्ने भएको हो ।

उडानका लागि एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणसँग अनुमति माग गरेको छ । एयरलाइन्सले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई आधार बेस बनाएर काठमाडौं-भैरहवा-क्वालालम्पुर र क्वालालम्पुर-भैरहवा-काठमाडौंका लागि उडान गर्ने प्राधिकरणले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउन प्राधिकरणले काठमाडौं विमानस्थलबाट हुँदै आएका चार्टर्ड उडान अब भैरहवाबाट गर्नुपर्ने निर्णय गरिसकेको छ ।

प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित तीन विदेशी हवाई कम्पनीलाई वीन्टर सेड्युलअनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिइसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी