काठमाडौं । कोरोना बीमामा आफ्नो दायित्वबापतको रकम भुक्तानी गर्न बीमा प्राधिकरणले पुनर्बिमा कम्पनीलाई निर्देशन दिएको छ । नेपाल पुनर्बिमा कम्पनीबाट कारोना बीमाको पैसा भुक्तानी नगर्ने आसयको पत्र आएसँगै प्राधिकरणले एक साताभित्र रकम भुक्तानी गर्न निर्देशन दिएको हो ।
‘नेपाल पुनर्बीमा कम्पनीबाट कोरोना बीमाको रकम भुक्तानी नगर्ने भन्ने आसयको पत्र आयो, जुन बिमा ऐनको दफा १२४ को विरुद्धमा छ’, प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने, ‘पुनर्बिमा गरिसकेपछि कम्पनी पछि हट्न पाउँदैन र आफ्नो दाबी अनुसारको रकम भुक्तानी गर्नैपर्छ ।’ उनका अनुसार एक साताभित्रमा रकम भुक्तानी नगरे पुनर्बिमा कम्पनीलाई कार्वाही हुनेछ ।
यसभन्दा अघि कोरोना बीमा मापदण्ड २०७७ अनुसार आफ्नो दायित्वबापतको रकम भुक्तानी गरिसकेकोले थप रकम तिर्नु नपर्ने भन्दै पुनर्बिमा कम्पनीले प्राधिकरणमा पत्र पठाएको थियो । उक्त पत्र प्राप्त भएपछि प्राधिकरणले सात दिनको म्याद दिएर रकम तिर्न निर्देशन दिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्