×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोषक पौडेलको नेतृत्वमा बन्यो जीवन बीमक संघको नयाँ कार्य समिति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पोषक पौडेलको नेतृत्वमा बन्यो जीवन बीमक संघको नयाँ कार्य समिति

Artha Sarokar

९ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जीवन बीमक संघ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न संघको साधारण सभाले सिटिजन्स लाईफ इन्स्योरेन्सका कार्यकारी अधिकृत पोषकराज पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा नेपाल लाईफका प्रमुख कार्यकारी प्रवीण रमण पराजुली, महासचिव ज्योती लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री रहेका छन् ।

त्यस्तै, एशियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ कोषाध्यक्ष चुनिएका छन् भने सदस्यहरुमा क्रमशः एलपि दास(एलआइसी नेपाल), कवि फुयाल(आइएमई लाईफ) र नारायण बाबु लोहनी‌ (रिलायबल नेपाल लाईफ इन्स्योरेन्स) रहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी