काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका-९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
खनालले निर्वाचनमा मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन् । उनले मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग भने, ‘मुलुकको नेतृत्व पहिचान निर्वाचनले गर्ने भएकाले सबैले मतदान गर्नुपर्छ ।’
उनि प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार पनि हुन् ।