×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाली-३ : प्रतिनिधिसभा र प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कैलाली-३ : प्रतिनिधिसभा र प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी

Artha Sarokar

७ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली । कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचितभएका हुन् ।

साथै, दुवै प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार विजयी भएका छन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट खुसीराम चौधरी विजयी भएका हुन् ।

धनश्याम चौधरीले १३ हजार नौ सय २३ मत प्राप्त गरेका छन् भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार पाँच सय ७२ मत प्राप्त गरेका हुन् ।

प्रदेशसभा २ का खुशीराम चौधरीले सात हजार पाँच सय ३९ मत प्राप्त गरेका छन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउद ६ हजार छ सय १९ मत प्राप्त गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी