कैलाली । कैलालीमा चुनावपछि काम गर्नुपर्ने बेला जनप्रतिनिधि जाँडपार्टी र कुटाकुटमा व्यस्त छन् । जिल्लाको घोडाघोडी नगरपालिकामा सँगै बसेर जाँड खाएका मेयर र हाकिमबीच कुटाकुट भएको छ । गयराती सरकारी निवासमै बसेर जाँडपार्टी गरेका मेयरसहितको टोलीमा रहेका वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यबीच हात हालाहालपछि कुटाकुट भएको हो ।
आचार्यको सरकारी निवासमा मेयरसहित केही वडा अध्यक्षले मदिरा सेवन गरेका थिए । सोही क्रममा विवाद हुँदा कुटाकुट भएको ‘जाँड पार्टी’मा सहभागी एक वडा अध्यक्षले बताएका छन् । ‘सुरुमा सबै ठिकै थियो, पछि वडा नम्बर १ का अध्यक्ष र हाकिमबीच सामान्य विवाद भयो’, ति वडा अध्यक्षले भने, ‘विवादमा हाकिमसापले अपशब्द प्रयोग गरेपछि हात हालाहाल भएको हो ।’
विवादका क्रममै वडा नम्बर १ का अध्यक्ष घनश्याम ओझाले खुट्टा प्रहार गरेपछि हाकिमको क्वाटरमा रहेको टेबुल फुटेको हो । यता इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरिक्षक लक्ष्मण शाहीले पनि नगरपालिकाका हाकिम आचार्यले साँझैबाट मदिरा सेवन गरेको पुष्ठी गरे ।
डिएसपी शाहीका अनुसार उनीहरुले सुखड बजारमा रहेको माछा घर रेष्टुरेन्टमा राती अबेरसम्म मदिरा सेवन गरेका थिए । त्यहाँबाट निस्केर फेरी उनीहरु प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा फेरी मदिरा सेवन गरेका थिए । ‘मदिरा सेवन गरेपछि सरकारी निवासमै कुटाकुट भएको भन्ने बुझिएको छ’, डिएसपी शाहीले भने, ‘थप अनुसन्धान गर्दै छौँ ।’
सरकारी निवासमै भएको सो घटना बाहिर आएसँगै नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नगरपालिकाका मेयर, उपमेयर, हाकिमसहित कार्यकालिका सदस्यलाई कार्यालय भित्रै थुनेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्