×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंसिर १ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द, कर्मचारी सबै चुनावमा खट्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मंसिर १ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द, कर्मचारी सबै चुनावमा खट्ने !

Artha Sarokar

२० कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमति पत्रको अनलाइन आवदेन प्रणाली बन्द गर्ने भएको छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन कारण देखाउँदै सरकारले सवारी लाइसेन्सको अनलाईन प्रणाली अनिश्चितकालका लागि बन्द गर्ने भएको हो ।

एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन प्रणाली अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द हुने जनाएको छ ।

‘निर्वाचनामा सम्बन्धित कार्यालयका कर्मचारीहरु समेत खटिनुपर्ने भएकोले यही मिति २०७९ मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस विभागबाट संचालित सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द रहनेछ’ –सूचनामा भनिएको छ ।

१ मंसिरबाट सेवा बन्द हुने भएपनि कहिले खुल्ने भन्ने विषयमा विभागले स्पष्ट उल्लेख गरेको छैन ।

विभागले लाइसेन्स छपाइ र वितरण चरम ढिलासुस्ती गर्दै आएको छ । ट्रायल पास भइसकेकाहरुले करिब ३ वर्षसम्म पनि लाइसेन्स नपाएको अवस्था छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी