Skip to content
LAXMI SUNRISE BANK

माधव नेपालले रौतहटमा मतदान गर्दै भने- ‘जित निश्चित छ’

अर्थ सरोकार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपालले सो मतदान केन्द्रबाट मतदान गरेका हुन् । नेपालले सुरुमै मतदान गरेका छन् । मतदान गर्दै नेपालले आफ्नो जित सुनिश्चित भएको समेत दाबि गरेका छन् ।

मतदानपछि नेपालले जनताहरु मतदान गर्न उत्साहित भएको बताए । उनको क्षेत्रमा कूल १ लाख २ हजार ४३६ मतदाता छन् । जिल्लाभरि मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताएका छन् ।

रौतहटमा २७६ मतदानस्थल र ५२३ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभातर्फ ६७ र प्रदेशसभातर्फ १४० उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK