×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मकवानपुरमा मतगणना सुरु, ५९.३ प्रतिशत मत खस्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मकवानपुरमा मतगणना सुरु, ५९.३ प्रतिशत मत खस्यो

Artha Sarokar

५ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मकवानपुर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मकवानपुर जिल्लामा दुईवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ ।

सोमबार बिहान बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि झण्डै डेढ घण्टापछि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

मतगणना हेटौँडा-२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । कूल मतदाता सङ्ख्या तीन लाख सात सय ३३ रहेको मकवानपुरमा कूल एक लाख ७८ हजार दुई सय ८२ अर्थात् ५९.३ प्रतिशत मात्रै मत खसेको थियो ।

तीमध्ये हाल बागमती गाउँपालिका-४ झुरझुरेको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिएका छन् । प्रत्येक निर्वाचन क्षेत्रको दुई दुई ठाउँमा मतगणना सुरु भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी