×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

खेर गयो बाबुरामको कसरत, छोरी यमीले चुनाव हार्ने पक्का

SAGARMATHA CEMENTS

काठमाडौं । पुर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईको कसरत खेर जाने संकेत देखिएको छ । आफ्नी छोरी मानुसी भट्टराई यमीलाई जिताउनका लागि हदैसम्मको कसरत गरेपनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा उनको हार निश्चित प्राय देखिएको हो ।

यता चितवन क्षेत्र नम्बर २ मा भने रवि लामिछानेको जित निश्चित देखिएको छ । दलप्रतिको आक्रोश र नयाँप्रतिको क्रेजका कारण रविको जित निश्चित प्राय भएको प्रक्षेपण गरिएको छ । त्यस्तै, चितवन निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका तर्फबाट उठेका विश्व पौडेलको लज्जास्पद हार हुने प्रक्षेपण गरिएको छ । सो क्षेत्रमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका हरी ढकालले सानदार जित निकाल्ने देखिएको तथ्य विभिन्न एक्जिट पोलहरुले देखाएको छ ।

त्यस्तै, चितवन छोडेर चुनाव लड्न गोरखा पुगेका प्रचण्डले चुनाव जित्ने पक्का देखिएको छ । विभिन्न एक्जिट पोलबाट प्राप्त सर्वेक्षण अनुसार प्रचण्डले ठूलो मतान्तरले चुनाव जित्ने भएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चुनाव हार्ने डरले गोरखा पुगेको विश्लेषकहरुले दाबी गरेका छन् ।

त्यस्तै, झापा क्षेत्र नम्बर ५ मा भने नेकपा एमालेका केपी शर्मा ओलीले ठूलो मतान्तरले विजयी हासिल गर्ने पक्का देखिएको छ । यता भावी प्रधानमन्त्री रुपमा हेरिएका गगन कुमार थापाको जित पनि निश्चित देखिएको छ । काठमाडौं क्षेत्र नम्बर ४ चुनाव लडेका थापा ठुलो मतान्तरले जित हासिल गर्ने देखिएको हो ।

त्यस्तै ललितपुर क्षेत्र नम्बर ३ मा पनि रवि लामिछाने नेतृत्वकै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीको जित निश्चित प्राय देखिएको छ । माओवादी केन्द्रबाट उठेकी पम्फा भुसालको सो क्षेत्रमा हार्ने निश्चित भएसँगै उनको जित निश्चितप्रायः भएको हो । पछिल्लो मत परिणाम अनुसार ललितपुर क्षेत्र नम्बर ३ मा ४०० मत गणनामा भुसाले १ भोट प्राप्त गरेकी छिन् । योसँगै उनको हार निश्चित भएको आंकलन गरिएको छ ।

यता काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका इश्वर पोखरेलले चुनाव हार्ने संकेत देखिएको छ । सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रदिप पौडेलसँग लडेका पोखरेलले चुनाव हार्ने ठुलो सम्भावना रहेको तथ्य विभिन्न एक्जिट पोलहरुले देखाएका छन् । त्यस्तै, अघिल्लो पटक चुनाव हारेका रविन्द्र मिश्रले यसपटक पनि चुनाव हार्ने भएका छन् । यसअघि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा दोश्रो भएका उनी यसपाली तेश्रो हुने आंकडा गरिएको छ । यो हारसँग उनको राजनीतिक जीवन नैतिक संकटमा परेको विश्लेषण हुन थालेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal