Skip to content
LAXMI SUNRISE BANK

मर्जरका कारण रोकिएको मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार मंगलबारदेखि खुल्दै, अन्यको निवेदन नै परेन

अर्थ सरोकार

काठमाडौं । सेयर कारोबार रोकिएको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडको कारोबार खुल्ला हुने भएको छ । मर्जरका कारण नेप्सेमा सेयर कारोबार रोक्का गरिएको दुबै बैंकको कारोबार आगामी मंगलबारदेखि खुल्ला हुने भएको हो ।

सेयर कारोबार खोल्नका लागि भन्दै नेप्सेमा परेको निवेदनका आधारमा कारोबार कारोबार खोल्न लागिएको नेप्सेका सूचीकरण विभागका अधिकृत नवराज थापाले बताएका छन् । ‘दुवै बैंकबाट सेयर कारोबार खोल्न भन्दै निवेदन परेको थियो । सोही अनुसार कारोबार खुल्ला हुने भएको हो’, उनले भने, ‘दुवै बैंकको सेयर कारोबार आगामी मंगरबादेखि खुल्ला हुनेछ ।’

धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए ।

अहिले नेप्सेमा मर्जरका कारण ३४ वटा कम्पनीको सेयर कारोबार रोक्का छ । तर, अन्य बैंकहरुले भने कारोबार खोल्नका लागि निवेदन दिएका छैनन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK