×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा मंसिर १८ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

PRIME CA

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा मंसिर १८ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

१७ कार्तिक २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा हुने भएको छ । इन्स्योरेन्सको साधारणसभा मंसिर १८ गते हुने भएको हो । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुने भएको छ ।

सभामा आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ । कम्पनीले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।  इन्स्योरेन्सको २०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेण्डा पनि रहेको छ ।

त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेण्डा समेत रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते बुक क्लोज गर्ने भएको छ भने मंसिर ७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: