×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्सको मंसिर १८ गते साधारणसभा हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

अर्थ सरोकार

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार

PRIME CA

नेशनल लाइफ इन्स्योरेन्सको मंसिर १८ गते साधारणसभा हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा हुने भएको छ । इन्स्योरेन्सले मंसिर १८ गते नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाटमा सभा बिहान १०:३० बजे सुरु गर्ने भएको हो ।

सभामा आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ । इन्स्योरेन्सले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेण्डा पनि रहेको छ ।

त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते बुक क्लोज गरिसकेको छ । मंसिर ७ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: