×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चालु आवको फर्स्ट क्वाटरमा नेसनल माइक्रोफाइनान्सको पर्फमेन्स बिग्रियो, नाफा घट्यो, ईपीएसमा झनै भारी गिरावट

काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा संस्थाले १० करोड २३ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन गतवर्षको सोही अवधिको तुलनामा १०.६७ प्रतिशत कम हो ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमाससम्ममा संस्थाको सञ्चालन नाफा १०.६७ प्रतिशतले घटेर १४ करोड ६२ लाख ३२ हजार रुपैयाँ कायम भएको छ । नाफासँगै संस्थाको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । समिक्षा अवधिमा संस्थाको यस्तो आम्दाी ३५.५२ प्रतिशतले घटेर १५ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

हालसम्म ११ अर्ब २१ करोड १८ लाख रुपैयाँ कर्जा विस्तार गरेको नेसनल माइक्रोफाइनान्स लघुवित्तले अहिलेसम्म १६ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ सापटी लिएको छ भने समिक्षा अवधिमा संस्थाले
३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पर्फमेन्स बिग्रिएको संस्थाको ईपीएसमा पनि भारी गिरावट आएको छ । समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ७० पैसाले घटेर ६८ रुपैयाँ ४८ पैसामा सिमित भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: