×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

निर्वाचन आयोगको निर्देशनपछि एनसीसीले जुमबाट साधारणसभा गर्ने, कस्ता छन् एजेण्डा ?

काठमाडौं । निर्वाचनको मौन अवधिमा भौतिक रुपमा साधारणसभा नगर्न निर्वाचन आयोगले निर्देशन दिएसँगै एनसीसी बैंकले अनलाइनबाट साधारणसभा सम्पन्न गर्ने भएको छ । बैंकले शुक्रबार जुम माध्यमबाट साधारण सभा गर्ने भएको हो ।

सभाले गतवर्षको मुनाफाबाट १०.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले यसअघि नै आफ्ना सेयरधनीलाई नाफाको ३.३६ प्रतिशत बोनस सेयर र ७.६३ नगद लाभांश दिने प्रस्ताव गरेको थियो । त्यस्तै, सभामा आर्थिक वर्ष २०७८/७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछन् ।

त्यस्तै सभाले बैंकको मर्जर तथा प्राप्तीका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १५ गते बुक क्लोज गरेको छ । यद्यपी, यसले कुमारी बैंकसँग मर्जर सम्झौता गरेको हुनाले असोज ११ गते देखि बैंकको कारोबार रोक्का रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: