×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पुरानै लयमा फर्किदै नेपाल लाइफ, खुद नाफा ह्वात्तै बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफामा ह्वात्तै वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्नपीले गतवर्षको तुलनामा यस वर्ष नाफामा उल्लेख्य बढोत्तरी भएको जनाएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जहाँ गतवर्ष सोही अवधिमा कम्पनीको नाफा ७० लाख ३३ हजार मात्रै रहेको थियो । कम्पनीले नोक्सानीका लागि व्यवस्था गरेको रकम घटेकै कारण कम्पनीको खुद नाफामा वृद्धि भएको हो ।

कम्पनीले गतवर्ष ७७ करोड ८० लाख ४४ हजार रुपैयाँ नोक्सानीको लागि व्यवस्था गरेको थियो । तर, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आईपुग्दा कम्पनीको यस्तो रकम १ करोड ७१ लाख ७२ हजार रुपैयाँमा झरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार भने १९.६४ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको खुद बीमा शुल्क आर्जन १.९७ प्रतिशतले बढेर ९९ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि आकर्षक बढोत्तरी भएको छ । समिक्षा अवधिमा कम्पनीको ईपीएस ८ रुपैयाँ १७ पैसाले बढेर ८ रुपैयाँ ५६ पैसा पुगेको छ । योसँगै कम्पनीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: