×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणीसँग नियम विपरित असुलेको साढे ३ अर्ब ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन, नगरे वित्तीय विवरण स्वीकृत नहुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ऋणीसँग नियम विपरित असुलेको साढे ३ अर्ब ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन, नगरे वित्तीय विवरण स्वीकृत नहुने

Artha Sarokar

१७ कार्तिक २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकहरुले ऋणीसँग नियम विपरित लिएको करिब साढे ३ अर्ब रुपैयाँ फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुले ऋणीबाट सम्झौता विपरित लिएको साढे तीन अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने देखिएको ठहर गर्दै राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।

‘नेपाल राष्ट्र बैंकले गरेको प्रारम्भिक अध्ययनले ऋणीबाट नियम विपरित रकम लिएको देखिन्छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने, ‘गत आर्थिक वर्षमा बैंकहरुले सम्झौताको उल्लंघन गरेको पुष्ठी भएको छ । सोही अनुरुप नियम विपरितको करिब साढे ३ अर्ब रुपैयाँ बराबरको ब्याज फिर्ता गर्नुपर्छ ।’ प्रवक्ता भट्टका अनुसार ११ वटा बैंकहरुलाई करिब २ अर्ब रुपैयाँ ब्याज फिर्ता गर्न निर्देशन दिईसकिएको छ । र अन्य बैंकको विषयमा भने अध्ययन जारी रहेको उनले बताएका छन् ।

बैंकहरुले गत आर्थिक वर्षको अन्तरिम वित्तीय विवरण स्वीकृतका लागि राष्ट्र बैंक पठाउँदा राष्ट्र बैंकले उक्त रकम फिर्ता गर्ने शर्तमा वित्तीय विवरण स्वीकृत गरेको छ । हालसम्म राष्ट्र बैंकले उक्त शर्तमा ११ बैंकको वित्तीय विवरण स्वीकृत गरको हो ।

केही बैंकको वित्तीय विवरण राष्ट्र बैंक पुगेर अध्ययनकै क्रममा रहेको र केही बैंकको वित्तीय विवरण भने राष्ट्र बैंकमा पेश गर्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले वार्षिक वित्तीय विवरण स्वीकृत पठाउँदा राष्ट्र बैंकले उक्त ब्याज फिर्ता नगर्दासम्म स्वीकृत नगर्ने भएपछि बैंकहरु ब्याज फिर्ता गर्न बाध्य भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी