काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ । चालु आर्थिक वर्ष २०७८ ७९को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्दै राष्ट्र बैंकले स्प्रेड दरलाई ०.४ प्रतिशत बिन्दुले घटाएको हो ।
४.४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको ब्याजदर अन्तर घटाएर राष्ट्र बैंकले ४ प्रतिशतमा झारेको छ । त्यस्तै, ५ प्रतिशत रहेको विकास बैंक र वित्त कम्पनीहरुको स्प्रेड दर ४.६ प्रतिशतमा झारिएको छ । यो सँगै बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ ।
‘वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिनेछ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ । प्रिमियमसम्बन्धी व्यवस्थाकोनियमित अनुगमन समेत गरिनेछ’ –राष्ट्र बैंकले गरेको समिक्षामा उल्लेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्