×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन – ‘तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नूस्, नगरे हर्जाना तिर्नुपर्ला’

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्न निर्देशन दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्दै राष्ट्र बैंकले तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्न भनेको हो ।

‘राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाबाटै बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्नेछ’, राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘नगरे हर्जाना लाग्ने व्यवस्था गरिएको छ ।’

राष्ट्र बैंकका अनुसार तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाइने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: