×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्देशन नमान्ने बिओके र कृषि विकास बैंकलाई राष्ट्र बैंकले तिरायो जरिवाना, सनराइज बैंक अटेरी नम्बर १

काठमाडौं । नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले दुई बैंकलाई नगर जरिवाना गरेको छ । राष्ट्र बैंकले सम्पत्ती शुद्धिकरण सम्बन्धी ऐनको उल्लंघन गरेको गरेको भन्दै कृषि विकास बैंकलाई २० लाख र बैंक अफ काठमाण्डूलाई तोकिएअनुसारको क्षेत्रमा कर्जा लगानी नगरेको भन्दै २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँ ६७ पैसा नगर जरिवाना गरेको हो ।

त्यस्तै, राष्ट्र बैंकले थप अन्य ६ बैंकहरुलाई सचेत गराएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकको बैंक सुरपरिवेक्षण विभागले बैंक, बैंकका अध्यक्ष सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएपछि कार्वाही गरेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्नेमा सबैभन्दा अगाडी सनराइज बैंक र मेगा बैंक देखिएका छन् । आधार दर भन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दै दुवै बैंकको सिईओलाई राष्ट्र बैंकले सचेत गराएको छ । त्यस्तै, एकपटक लगानी भएको कर्जामा प्रिमियम दर वृद्धि गरेको भन्दै हिमालयन बैंक, सनराइज बैंक, ग्लोबर बैंक र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

यस्तै चारवटा वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको पाइएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ । यता सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा दिएको भन्दै सनराइज बैंकको सञ्चालक समितिलाई समेत राष्ट्र बैंकले सचेत गराएको छ ।

मेगा बैंकले भने जोखिममा रहेको कर्जाको नोक्सानी व्यवस्था कायम नगरेको साथै निरन्तर ३÷४ वर्षदेखि निरन्तर भुक्तानी नभएको कर्जामा पनि कर्जाको विवरण अध्यावधिक नगरि भुक्तानी अवधि बढाएको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: