काठमाडौं । आयोजनाको ९५ प्रतिशत काम सम्पन्न गरेको पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबारबाट सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० का दरले कुल ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन कम्पनीले गरेको हो ।
कम्पनीले निष्काशन गर्न लागेको कुल सेयरमध्ये तीन प्रतिशत सेयर कर्मचारीको लागि र पाँच प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि छुटइएको छ । बाँकी रहेको ५१ लाख ५७ हजार ८८० कित्ता सेयरमा सर्वसाधारणले न्युनतम १० कित्ताको लागि आवदन दिन सक्नेछन् ।
कम्पनीको सेयर छिटोमा कात्तिक २९ गतेसम्म खुला रहनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद मंसिर ९ गने सम्म लम्ब्याइने कम्पनीले जनाएको छ । कम्पनीले केयर रेटिङ नेपालबाट डबल बी रेटिङ पाएको छ । यसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्