काठमाडौं । गुल्मी १ बाट चुनाव लडेका नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अन्तिम मत परिणाम आउनु अघि नै पराजय स्वीकार गरेका छन् । ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै आफ्नो हार स्वीकार गरेका हुन् ।
‘अथक प्रयासका बाबजुत हाम्रो अभियान सफल हुन सकेन’, सामाजिक सञ्जालमा ज्ञवालीले लेखेका छन्, ‘तपाईहरुको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु ।’ हार स्वीकार गर्दै ज्ञवालीले आगामी दिनमा कमी कमजोरीको समिक्षा गर्ने समेत बताएका छन् ।
त्यस्तै, ज्ञवालीले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बेहोर्नुपरको हारको जिम्मेवारी स्वयम आफैले लिने बताएका छन् । ‘प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु’, उनले लेखेका छन्, ‘कहाँ कमीहरु रहन गए, समयक्रममा समिक्षा हुने नै छ ।’
ज्ञवालीको निर्वाचन क्षेत्र गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता लिईरहेका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्