×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदीप ज्ञवालीले पराजय स्वीकारे, भने – ‘अभियान असफल भयो, समयक्रममा समिक्षा हुन्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रदीप ज्ञवालीले पराजय स्वीकारे, भने – ‘अभियान असफल भयो, समयक्रममा समिक्षा हुन्छ’

Artha Sarokar

९ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुल्मी १ बाट चुनाव लडेका नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अन्तिम मत परिणाम आउनु अघि नै पराजय स्वीकार गरेका छन् । ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै आफ्नो हार स्वीकार गरेका हुन् ।

‘अथक प्रयासका बाबजुत हाम्रो अभियान सफल हुन सकेन’, सामाजिक सञ्जालमा ज्ञवालीले लेखेका छन्, ‘तपाईहरुको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु ।’ हार स्वीकार गर्दै ज्ञवालीले आगामी दिनमा कमी कमजोरीको समिक्षा गर्ने समेत बताएका छन् ।

त्यस्तै, ज्ञवालीले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बेहोर्नुपरको हारको जिम्मेवारी स्वयम आफैले लिने बताएका छन् । ‘प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु’, उनले लेखेका छन्, ‘कहाँ कमीहरु रहन गए, समयक्रममा समिक्षा हुने नै छ ।’

ज्ञवालीको निर्वाचन क्षेत्र गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता लिईरहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी