काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछानेको मतदान अहिले सामाजिक सञ्जालमा भाइरल छ । मंसिर ४ अर्थात मतदानको दिन आफ्नो श्रीमतीसहित काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेडमा पुगेका रवि लामिछानेले आफुले गरेको मतदानको तस्विर आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेका छन् ।
मतदान केन्द्रमा पुगेका लामिछानेले सयौँ समर्थककाबीच आफ्नो मत हालेका छन् । मतदानका क्रममा उनी थप भावुक हुँदै मतपेटिकालाई ढोगेका समेत छन् । मत हालेर फर्किएपछि उनले आफ्नालागि जनताको विश्वास र साथ नै सबैभन्दा ठूलो ढाडस भएको अभिव्यक्ति दिएका छन् ।
मतदान स्थलमा पुगेर मतदान गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापनि समेत रहेका लामिछानेले प्रदेश सभा सदस्यको मतपत्रमा भने स्वस्तिक छाप नलगाई खसालेका छन् । फोटो फिचरमा हेर्नुहोस् :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्