Skip to content
LAXMI SUNRISE BANK

जितका दाबेदार रविको मत किन कम देखियो ? यस्तो छ कारण

अर्थ सरोकार

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्ण भक्त पोखरेलले अग्रता कायम गरेका छन् । अहिलेसम्मको मतपरिणाम अनुसार एमालेका कृष्ण भक्त पोखरेल १ हजार २४४ मतसहित शिर्ष स्थानमा उक्लिएका छन् ।

त्यस्तै ७०४ मतसहित नेपाली कांग्रेसका उमेश श्रेष्ठ दोस्रो स्थानमा सूर्य चिन्हलाई पछ्याईरहेको छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने भने २६० मतसहित तेस्रो स्थान पछ्याईरहेका छन् । अहिले नेकपा एमालेको ‘कोर एरिया’को मतगणना भईरहेकोले घण्टीका उम्मेदवार लामिछानेको मत कम आएको प्रक्षेपण गरिएको छ ।

रवि लामिछानेको कोर एरियामा प्रवेश गर्न बाँकी छ । सो क्षेत्रबाट भने रविले उल्लेख्य मत पाउने आंकलन गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK