चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले बेजोड अग्रता कायम गरेका छन् । रविले उनका प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेललाई दोब्बर मतले पछि पारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार रविले ३० हजार ३१३ मतगणनामा १४ हजार ८११ मत ल्याउँदै अग्रता कायम गरेका हुन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी मानिने एमालेका पोखरेल ६ हजार ९४१ मतसहित दोस्रो स्थान पछ्याईरहेका छन् । उनको र लामिछानेबीचको मतानतर ७ हजार ८७० रहेको छ ।
त्यस्तै सोही निर्वाचन क्षेत्रबाट चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ६ हजार ६०८ मतसहित तेस्रो स्थानमा छन् । श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवार हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्