×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं १ मा प्रकाशमान सिंह विजयी, झिनो मतले फेरि रविन्द्र मिश्रको हार, मिश्रले पुनः पार्टी परिवर्तन गर्लान् ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

काठमाडौं १ मा प्रकाशमान सिंह विजयी, झिनो मतले फेरि रविन्द्र मिश्रको हार, मिश्रले पुनः पार्टी परिवर्तन गर्लान् ?

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंहको यो चौथो पटकको जित हो ।

सिंहसँग चुनाव लडेका राप्रपाका उम्मेदवार रविन्द्र मिश्रले फेरि पनि झिनो मतले हार बेहोर्नु परेको छ । उनी १२५ मतले पराजित भएका हुन् । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा मिश्रले ७ हजार १८ मत पाएका पाएका हुन् । यसअघि पनि सिंहले मिश्रलाई पराजित गर्दै २०७४ सालको चुनाव जितेका थिए ।

चुनाव हारेसँगै राप्रपाका रविन्द्र मिश्रले पुनः पार्टी बदल्छन् ? भन्ने प्रश्न उठ्न थालेको छ । यसअघि मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाटै विवेकशिल साझा पार्टीबाट चुनाव लडेका थिए । त्यसबेला पनि उनले हार बेहोर्नु परेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: