Skip to content
LAXMI SUNRISE BANK

रिडी पावरको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रिडी पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले कारोबार समयमा लाभांश घोषणा गरेको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो ।

सेयर कारोबार रोक्का गरेसँगै नेप्सेले कम्पनीलाई स्पष्टिकरणसमेत सोधेको छ । कम्पनीले मंगलबार ११ बजे संचालक समितिको बैठक राखेर लाभांश घोषणा गरेको थियो । सो को जानकारी कम्पनीले नेप्सेलाई बजार बन्द भएपछि गराएको थियो ।

‘कारोबार समयमा संचालक समितिको बैठक राखेरै लाभांश घोषणा गर्नु कानुन विपरित मानिन्छ’, नेप्सेका एक कर्मचारीले भने, ‘प्रस्तावित लभांश कम्पनीले सोहि दिन वा अर्को दिन बजार खुल्नु अघि जानकारी गराउनुपर्छ, तर रिडीले त्यसो गरेन ।’

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । जसअन्तर्गत कुल चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK