×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पैसा फिर्ता नगर्ने गुनासो बढेपछि सहकारीप्रति मेयर बालेनको चासो, १९ सय सहकारीमा अनुगमन हुने

काठमाडौं । पछिल्लो समय सहकारी भाग्ने क्रम बढ्दो छ । सहकारी भागेसँगै देशभरका हजारौँ बचतकर्ताहरु आफ्नो निक्षेप फिर्ताको माग गर्दै स्थानीय प्रशासन गुहार्न थालेका छन् । यसैबीच सहकारीले बचत फिर्ता नगरेको गुनासो बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनका लागि समिति गठन गर्ने भएको छ ।

यसो त देशकै राजधानी काठमाडौंमा पनि सहकारी भागेका घटना कम छैनन् । पछिल्लो १ महिनायता काठमाडौंका थुप्रै ‘मै हुँ’ भन्ने सहकारी पनि टाँट पल्टिने अवस्थामा पुगेका छन् । अझ दिनहुँजसो सहकारी भागेको खबर आउन थालेसँगै आत्तिएका बचतकर्ताहरु पैसा निकाल्नका लागि सहकारीमा पुग्ने गरेका छन् । तर, धेरैजसो सहकारी बचतकर्ताको रकम एकमुष्ठ फिर्ता गर्ने अवस्थामा छैनन् ।

केहीले बचतकर्तालाई दैनिक पाँच हजारका दरले निक्षेप फिर्ता गरिरहेका छन् भने केही सहकारीबाट पैसा झिक्नका लागि साप्ताहिक पालो कुर्नुपर्छ । दुःख-सुख गरेर कमाएर जम्मा गरेको आफ्नै पैसा पनि सहकारीले दिन नमानेपछि अहिले बचतकर्ताहरु न्यायको खोजी गर्दै स्थानीय प्रशासन गुहार्न थालेका छन् ।

यसरी सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो बढेसँगै काठमाडौं महानगरपालिकाले अनुगमन समिति गठन गर्ने भएको हो । मंगलबार महानगरको नगरकार्यपालिका बैठकमा नगर प्रमुख बालेन्द्र (बालेन) शाहले उक्त प्रस्ताव गरेका हुन् ।

योसँगै अव महानगरमा सञ्चालित सहकारी संस्थाको अनुगमनका लागि समिति गठन हुनेछ । ‘लामो समयदेखि महानगरभित्र सहकारी संस्थाको अनुगमन भएको छैन’, मेयर बालेन्द्र शाहले भने, ‘अब चार्टर्ड एकाउन्टेन्ट (सीए) को नेतृत्वमा समिति गठन हुन्छ र काठमाडौंमा रहेका करिब १९ सय सहकारी संस्थाको अनुगमन गर्छौं ।’

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: