काठमाडौं । आरएमडीसी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको साना किसान लघुवित्त वित्तीय संस्थाको नाफामा ४१ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै संस्थाले गतवर्षको तुलनामा यसवर्षको फस्ट क्वाटरमा ४१.८३ प्रतिशत बढी खुद नाफा आर्जन गरेको जनाएको हो ।
गतवर्षको को समिक्षा अवधिमा संस्थाले १६ करोड ४१ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो भने यसवर्ष सो नाफामा वृद्धि हुँदै संस्थाले कुल २३ करोड २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्ज गरेको हो ।
त्यस्तै, समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४३.८६ प्रतिशत र सञ्चालन नाफा ४१.६० प्रतिशतले बढेपछि खुद नाफामा सुधार आएको हो ।
हाल संस्थाको रिजर्भ कोषमा १७.६८ प्रतिशतले सुधार हुँदैै १ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ जम्मा भएको छ भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खराब कर्जा ०.७५ मा सीमित भएको छ । यता नाफा बढेसँगै संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस)मा समेत वृद्धि भएको छ । समिक्षा अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ८८ पैसाले बढेर ५९ रुपैयाँ ५२ पैसा पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्