काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आज बुधबार कार्तिक १६ गतेदेखि ५१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले प्रतिकित्ता न्यूनतम मूल्य १४५ रुपैयाँलाई आधार मानेर आवेदन दिनुपर्नेछ । उक्त संस्थापक सेयरमा व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सो सेयरमा कात्तिक २३ गतेसम्म आवेदन दिने म्याद रहेको छ भने न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । लगानीकर्ताले सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन फारम बुझाउन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्