×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डमाथि मुद्धैमुद्धा, एउटा मुद्धाको टुंगो नलाग्दै सर्वोच्चमा अर्को रिट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धितोपत्र बोर्डमाथि मुद्धैमुद्धा, एउटा मुद्धाको टुंगो नलाग्दै सर्वोच्चमा अर्को रिट

Artha Sarokar

१७ कार्तिक २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार संचालको लाइसेन्सका विरुद्ध अदालतमा फेरी अर्को मुद्धा परेको छ । नयाँ लाइसेन्स वितरणको लागि संशोधन गरिएका नियमावलीहरु खारेज हुनुपर्ने माग राख्दै सर्वोच्चमा दोस्रो पटक रिट दायर गरिएको हो ।

बुधबार अधिवक्ता अमृत खरेलले सर्चोच्चको संवैधानिक इजलासमा रिट दर्ता गरेका हुन् । खरेलले दायर गरेको रिट निवेदनमा लाइसेन्स वितरणका लागि संशोधन गरिएको नियमावली प्रचलित ऐनसँग बाँझिएको उल्लेख गरिएको छ । सर्वोच्चमा परेको सो रिटमा प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज विपक्षीका रुपमा रहेका छन् ।

नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारको लाइसेन्सका विरुद्ध परेको यो दोस्रो रिट हो । यसभन्दा अघि अधिवक्ता दिपक बिक्रम मिश्रले असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिट उपर सुनुवाई गर्दै अदालतले लाइसेन्स वितरणको प्रक्रिया तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश समेत जारी गरिसकेको छ । हाल बोर्डले लाइसेन्सको आवेदन लिने दिने प्रक्रिया तत्कालका लागि स्थगित समेत गरिसकेको छ ।

सो मुद्धाको सुनुवाईका लागि अदालतले दुवै पक्षलाई कार्तिक २२ गते बोलाएको छ । छलफलमा प्रतिवादीहरु प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको उपस्थिति रहनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी