काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्तीमा जाने कम्पनीहरुको कारोबार रोक्का हुने व्यवस्था खारेज गरेको छ । बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका, २०७९’ लागु गर्दै कारोबार रोकिने प्रक्रियाको अन्त्य गरेको हो ।
यो सँगै अव रोकिएका कम्पनीको कारोबार क्रमशः खुल्दै जानेछ । निर्देशिका कार्यान्वयनमा आएसँगै साधारण सेयरधनीको सेयर कारोबार भने १५ दिनका लागि मात्रै रोक्का हुने भएको छ । ‘मर्जरमा गएको संस्थाको एकीकृत व्यवसायीक कारोबार गरेको मितिबाट गाभ्ने/गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचिकरण प्रयोजनको लागि बढीमा १५ कार्य दिनसम्म सेयर कारोवार रोक्का राख्न सम्बन्धित संगठित संस्थाले धितोपत्र बजार समक्ष निवेदन दिनुपर्नेछ’, – निर्देशिकामा भनिएको छ ।
बोर्डले जारी गरेको निर्देशिका अनुसार यसअघि मर्जर तथा प्राप्तीकै कारणले सेयर रोक्का रहेका कम्पनीहरुको कारोबार फुकुवा गर्नुपर्नेछ । सम्बन्धित कम्पनीले आधारभूत सेयरधनी बाहेक अन्य सेयरधनीको कारोवार फुकुवा गर्न आधारभुत सेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ ।
निवेदनको आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनी बाहेकको कारोवार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ । उक्त निर्देशिका २४ कात्तिक बिहिबारबाटै कार्यान्वयन भएको बोर्ड अध्यक्ष रमेश कुमार हमालले बताएका छन् ।
यस्तो छ बोर्डले जारी गरेको निर्देशिकाः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्