×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पूँजीबजार विरोधीलाई लगानीकर्ताका ९ संगठनको चेतावनी -‘बजार विस्तारको काम रोकिए कडा प्रतिवाद गर्छौं’

काठमाडौं । लगानीकर्ताका संगठनहरुले पूँजीबाजार बिस्तारका काम रोकिए कडा प्रतिबाद गर्ने चेतावनी दिएका छन् । लगानीकर्ताका नाममा खुलेका ९ वटा संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

पछिल्लो समय पूँजी बजार विस्तारका काम रोक्न स्वार्थपूर्ण अभ्यास भईरहेको लगानीकर्ता संगठनका नेताहरुको ठम्याई छ । ‘यहाँ पूँजी बजारको विस्तार भन्दा पनि पूँजीबजारलाई यही स्थितिमा रोकेर कमाउधन्दा गर्ने चलखेल बढी भयो’, लगानीकर्ताका एक नेताले भने, ‘कसले कति भूमिका खेलेको छ ? त्यो हामीले नियालेका छौँ, पूँजीबजार विस्तारका काम रोकियो भनेमात्रै पनि त्यसको हामी कडा प्रतिवाद गर्छौं ।’

‘नेपालको पूँजी बजारलाई सही नीति नियम, अत्याधुनिक प्रविधि, पूर्वाधार र कडा नियमनद्वारा व्यवस्थित गर्न हामी लगानीकतासँग भएको सहमति र हाम्रो माग बमोजिम नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारका अन्य निकायहरुद्वारा चालिएका कदमहरुमा केही स्वार्थ समूहबाट बाधा सिर्जना गर्ने र रोक्ने काम भएमा ५४ लाख आम नेपाली लगानीकर्ताहरुको तर्फबाट हामी सबै संघ संस्थाहरु फेरि सडकमा उत्रिने कुरामा सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौं’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपालको पूँजी बजारलाई आधुनिक हुनै नदिने र सीमित व्यक्ति वा संस्थाको पकडमा मात्र राखिरहन खोज्ने संविधान र प्रतिस्पर्धा कानुन विपरीत प्रवृत्तिले ४० खर्ब भन्दा बढी पूँजीकरण पुगेको बजार आज २८ खर्बमा झरेको र लाखौं लगानीकर्तालाई पलायन हुन बाध्य पारेको उनीहरुले आरोप लगाएका छन् ।

धितोपत्र बजारमा हुन लागेका सुधार र विस्तारका काम रोकिए झन ठूलो क्षति भोग्नुपर्ने र वर्षौं पछाडि धकेलिने उनीहरुको तर्क छ । ‘पूँजी बजार जस्तो संवेदनशील क्षेत्रलाई खेलाँचीको रुपमा नलिई विगतमा भएका विभिन्न आन्दोलनमा राखिएका मागहरु तथा सुझावहरुका साथसाथै ५८ बुंदे सुझाव र १९ बुंदे सहमति तत्काल पूर्ण रुपमा कार्यान्वयन गर्न माग गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।

यस्तो छ संयुक्त प्रेस विज्ञप्तीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: